नबिललाई रू. १ अर्ब २० करोडको म्युचल फण्ड निष्कासन गर्न सेबोनले दियो अनुमति |
काठमाडौं । नबिल ब्यालेन्स फण्ड–२ ले १ अर्ब २० करोड रुपैयाँबराबरको १२ करोड इकाइ म्युचल फण्ड निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यही चैत १० गते सो मात्राको फण्ड विक्री गर्न अनुमति प्रदान गरेको हो ।
बोर्डको अनुमतिसँगै फण्डले कोष प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङमार्फत सो मात्राको म्युचल फण्ड निष्कासन गर्नेछ ।