आज दिउँसो २ नबज्दै प्रणालीमा समस्या, साँझ ६ बजेसम्म भयो शेयर कारोबार | १ घण्टा १८ मिनेट कारोबार हुन नसकेपछि समय थपिएको हो : नेप्से
काठमाडौं । आज बुधवार शेयर कारोबार ६ बजेसम्म खुला भएको छ । कारोबार प्रणालीमा आज दिउँसो समस्या आएका कारण साँझसम्म कारोबार खुला भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बताएको हो ।
शेयर कारोबार दैनिक बिहान ११ बजे शुरू भई दिउँसो ३ बजे बन्द हुने गरेकोमा आज दिउँसो २ नबज्दै कारोबारमा समस्या आएपछि नेप्सेले साँझ ६ बजेसम्म कारोबार खुला गर्ने निर्णय गरेको हो । नेप्सेका प्रवक्ता मुराहसर पराजुलीका अनुसार दिउँसो ४ घण्टा हुने कारोबारमा १ घण्टा १८ मिनेट समस्याका कारण कारोबार हुन नसकेपछि समय थप गरिएको हो । उनले भने, ‘साँझ ४ः४० बजे समस्या समाधान भएपछि पुनः कारोबार खुला गरेर साँझ ६ बजेसम्म कारोबार सञ्चालन गरिएको हो ।’
आज बुधवार साँझ ६ बजे बन्द भएको बजार १ दशमलव ८० अंकले बढेर बन्द भएको छ । कारोबार रकममा भने उल्लास देखिएको छ । आज ४८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।