कतार एयरवेजका क्याडेट पाइलटका लागि एकेडेमिक ब्रिज प्रोग्रामको ब्यवस्था |

दोहा, कतार । कतार एयरवेजको अल डर्ब् कताराइजेशन प्रोग्राम तथा कतार फाउण्डेशन (क्यूएफ) ले साझेदारी घोषणा गरेका छन् । जसले उक्त एयरलाइन्सको अल डर्ब् क्याडेट पाइलट प्रोग्रामका विद्यार्थीहरुलाई उनीहरुको क्याडेट पाइलट तालिम अघि कतार फाउण्डेशनको एकेडेमिक ब्रिज प्रोग्राम (एबीपी) को पढाईबाट लाभ उठाउने मौका प्रदान गर्नेछ ।

कतार फाउण्डेशनको प्रि–युनिभर्सिटी एजुकेशन (पीयूई) को अंशको रुपमा एबीपीले माध्यमिक विद्यालय उत्तीर्ण विद्यार्थीहरु लाई विश्वविद्यालयका निमित्त तयारी गराउने दृष्टिकोणले सहयोग पुर्याउन शैक्षिक तथा व्यक्तिगत सिप प्रदान गर्दछ । ती सिपहरु प्राप्त गरिसके पश्चात् कतार एयरवेजका आवश्यकता अनुसार क्याडेट पाइलटहरु कमर्शियल पाइलट ट्रेनिङका लागि योग्य हुनेछन् ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले भने, ‘कतार फाउण्डेशन तथा एकेडेमिक ब्रिज प्रोग्रामसँग साझेदारी गर्न पाएकोमा हामी निकै हर्षित भएका छौँ । जसले कतारी नागरिकहरुलाई कतार एयरवेजमा क्याडेट पाइलट तालिम अघि आवश्यक शैक्षिक तथा व्यक्तिगत सिप प्रदान गर्नेछ ।’