काठमाडौंका सडक पाँच वटा ब्रुमरले सफागर्ने, मेयर विद्यासुन्दर शाक्यले गरे उद्घाटन |
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि पाँच वटा ब्रुमर (सडकको धुलो बढार्न प्रयोग हुने साधन) प्रयोगमा ल्याएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रिबन काटेर ब्रुमर सञ्चालनको उद्घाटन गरे ।
डिजेलबाट चल्ने यी ब्रुमर युरो ४ एमिसन स्टान्डर्डको डुभेलो ६००० मोडलका हुन् । इन्जिन क्षमता १०७ किलोवाट रहेको छ । हरेक ब्रुमरमा चार वटा ब्रस रहेका छन् । महानगरपालिकाका अनुसार ब्रुमरमा ५ सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्न सक्ने क्षमता छ । पाँच वटा ब्रुमरको मूल्य ७ लाख ६२ हजार ४ सय ७० युरो रहेको छ ।
टेकुबाट छुट्ने यी ब्रुमरले अब फरक फरक पाँच रुटमा सडक सफा गर्नेछन् ।