वोमी माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद ल्याउने, पुग्यो धितोपत्र बोर्ड |
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले शतप्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति माग्न पुगेको छ । कम्पनीले १ बराबर १ को अनुपातमा १० लाख १० हजार ८८० कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
वोमी माइक्रोफाइनान्सको फागुन ६ गते भएको वार्षिक साधारण सभाबाट १०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । उक्त हकप्रद विक्रीपछि चुक्ता पुँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ ।
यसको कम्पनीको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।