साल्ट ट्रेडिङ्ग कर्पोरेशनले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनश शेयर दिने |
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५२ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४∕०७५ मा भएको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।
उक्त वर्ष कर्पोरेशनले कुल मुनाफा रु. १ अर्व १० करोड ८१ लाख आर्जन गर्न सफल भएको थियो । कर्पोरेशनको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आव २०७४∕०७५ मा रु. ९ अर्व ६९ करोडको कारोवार गर्न सफल भएको बताए । अघिल्लो वर्ष रु. ८ अर्व ५८ करोडको कारोवार भएको थियो ।
अध्यक्ष मानन्धरले कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेकाले कुनै वस्तुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान विक्री गर्नु परेकोले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न नसकेको जानकारी गराए ।