नयाँ वर्षमा महिन्द्राको बन्डल अफर | महिन्द्रा टूह्वीलरको खरिदमा थुप्रै उपहार पाइने

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा ‘खुशी आउछ बन्डलमा’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ ।
स्क्र्याच कुपनमा न्यूनतम रु.१० हजारदेखि रु. १ लाखसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्नेछन् । यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेट पनि निːशुल्क रुपमा प्राप्त गर्न सकिने छ ।
साथै यो अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गराइने छ । हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गरिने छ ।
लक्की ड्रको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेज www.facebook.com/mtwlnepal मा प्रत्यक्ष प्रसारण मार्फत गरिने छ ।
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्निग्रुप प्रालि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रालि, अग्नि इनर्जी प्रालि, अग्नि मोटोइन्क प्रालि, बालाजू अटो वक्र्स प्रालि रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।