उपसचिवसहित तीन जना कर्मचारीविरुद्ध डेढ करोडको विगो राखेर मुद्दा |
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय, डोल्पाका तीन जना कर्मचारीमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै झण्डै डेढ करोड रुपैयाँको विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उपसचिव राम विचारी ठाकुरको नेतृत्वमा १ करोड ४८ लाख रुपैयाँ घोटाला भएको आरोप लगाउँदै मुद्दा दायर गरेको हो ।
उपसचिव ठाकुरसहित कर्मचारीहरू रुद्रबहादुर बुढा र भीमबहादुर बुढा र जडीबुटीका ठेकेदारहरूसँग मिली मोटो रकम लेनदेन गरी निजी हकभोगको जग्गाबाट जडीबुटी संकलन गरेको भनी नक्कली कागजात तयार गरी रकम हिनामिना गरेको आयोगले दाबी गरेको छ ।