थाइल्याण्डको पट्टायामा पियाजियो थ्री ह्विलर्सको कन्फरेन्स सकियो |
काठमाडौं । थाइल्याण्डको पट्टायामा पियाजियो थ्री ह्विलर्सको कन्फरेन्स सम्पन्न भएको छ । नेपालमा पियाजियो थ्री ह्विलर्सका आधिकारिक विक्रेता प्रतिष्ठित औधोगीक तथा ब्यापारीक घराना एमभी दुगड़ ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले पहिलो वार्षिकोसत्वको उपलक्षमा देश बाहिर पहिलो अन्तरराष्ट्रिय कन्फरेन्स सम्पन्न गरेको हो ।
कन्फरेन्समा ४६ ब्रान्च तथा डिलरहरुलाई संलग्न गराउदै सो कार्यक्रम गरिएको थियो । कार्यक्रममा ५ उत्कृष्ट बिधाहरुमा अवार्ड समेत दिईएको थियो । जसमा बेष्ट डिलर रिजन अवार्ड, बेष्ट ब्रान्स रिजन अवार्ड, १ सय क्लब अवार्ड,अपकमिङ स्टार अवार्ड र गोर्खाली अवार्ड रहेको पीआर हेड विमला थापाले जानकारी दिइन् ।
अवार्ड एमभी दुगडका उपाध्यक्ष विवेक दुगड, एमभी दुगडकी डाईरेक्टर उर्भि दुगड, पियाजियो भेहिकल प्रालि ईण्डियाका उपाध्यक्ष सूधान्सु अग्रवाल, पियाजियो भेहिकल प्रालि ईण्डियाका निर्यात विक्री म्यानेजर दिपक कुमार र हेड अफ अपरेसन विजय महत्तोले हस्तान्तरण गरेका थिए ।
२०१८ को फेबु्रअरी महिनाबाट आधिकारिक रुपमा पियाजियो ३ ह्विलर्सको नेपालमा विक्री बितरण शुरु गरे लगतै १ वर्षको अन्तरालमै पियाजियो थ्री ह्विलर्सको सफलताको खुसि साट्न र आफ्ना सम्पुर्ण डिलर्सहरुलाई प्रोत्साहन गर्ने हेतुका साथ थाईल्याण्डको पट्टाया शहर कार्यक्रमका लागि रोजेको सोहि ग्रुपका हेड अफ अपरेसन विजय महत्तोको भनाइ छ ।
तिन पाङ्ग्रेले हिमाल, पहाड र तराईलाई जोडेको हुदा एस प्रति हरेक नेपालीको आत्मियता गासिएको र आगामी दिनहरुमा यस्तै थप कार्यक्रमहरुका साथ एमभी दुगड ग्रुप अग्रसर रहने कुरा उपाध्यक्ष विवेक दुगडले बताए ।