स्पर्श लघुवित्तको आईपीओे बाँडफाँट, २५ हजारले पाए १० कित्ता |
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफँट गरिएको छ । संस्थाले निश्काशन गरेको आईपीओ आइतबार बिहान विक्री प्रवन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।
संस्थाको आईपीओ २५ हजार २ सय जनाले प्रति व्यक्ति १० कित्ताका दरले पाएको सानिमा क्यापिटलले जानककारी दिएको छ । आईपीओमा ३ लाख ३ हजार ४४ जनाले ८३ करोड २७ लाख ६३ हजार रुपैयाँ बराबरको आईपीओका लागि आवेदन परेको थियो ।
कम्पनीले गत फागुन २६ गतदेखि फागुन २९ गतेसम्म २ लाख ६९ हजार ६३० कित्ता सेयर निष्कासन गरेको हो । आइतबार गरिएको बाँडफँटमा कुल आवेदकमध्ये ८ दशमलव ३२५ ले मात्र सेयर पाएका छन् ।
स्पर्शले आईपीओ विक्रीबाट आउने रकममध्ये २ करोड रुपैयाँ पशुपालन तथा कृषि कर्जामा उपयोग गर्ने जनाएको छ । यस्तै, खुद्रा व्यापार तथा सेवा कर्जामा ४० लाख र साना तथा घरेलु उद्योग कर्जामा २९ लाख ६३ हजार रुपैयाँ उपयोग गर्नेछ । यस लघुवित्तले आईपीओ विक्री गरी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।