एमएडब्लुले ल्यायो नयाँ स्कोडा कोडियाक ‘एलएन्डके’ |

काठमाडौं । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले भर्खरै स्कोडा कोडियाकको नयाँ र सबैभन्दा माथिल्लो भेरियन्ट ‘लरिन एन्ड क्लेमेन्ट’ (एलएन्डके) एडिसन सार्वजनिक गरेको छ । स्कोडाको पहिलो फुल साइज एसयुभीका रुपमा स्कोडा कोडियाक केही महिनाअघि नेपालमा आएको थियो । अहिले यसले सेग्मेन्टलाई नै लिड गरिरहेको छ । ‘एलएन्डके’ भेरियन्टमा रहेको अतुलनीय डिजाइन र अभुतपुर्व फिचरहरुले स्कोडा कोडियाकलाई अझै माथि पुर्याउने अपेक्षा स्कोडा एमएडब्लुले गरेको छ ।
स्कोडा कोडियाक ‘एलएन्डके’ पाँच वटा कलरः ‘लाभा ब्लु’, ‘क्वार्ज ग्रे’, ‘मुन ह्वाइट’, ‘म्याजिक ब्ल्याक’ र ‘अल न्यु म्याग्नेटिक ब्राउन’मा उपलब्ध हुनेछ । नेपालमा कोडियाक ‘एलएन्डके’को मूल्य एक करोड ५८ लाख रुपैयाँ तोकिएको छ ।
बेजोड डिजाइन
कोडियाक एल एन्ड केको एक्सटेरियर डिजाइन र फिचरहरुले तत्काल ध्यान आकृष्ट गर्छ । यसको फेसियामा विशेषखालको क्रोम ग्रिल रहेको छ । यसको स्वरुपलाई ‘आई ल्यास’ जस्तो देखिने एलईडी हेडलाइट र १८ (आर) त्रिनिटी एलोई ह्विलले विशेष बनाइदिएको छ ।
पछाडिको भागमा स्कोडाको टिपिकल ‘सी’ आकारको एलइडी टेललाईटमा क्रिस्टलाइन इलेमेन्टहरु राखिएका छन् । पछाडिको बम्परमा रहेको क्रोम ट्रिमले ‘एक्जस्ट पाइप’ र ‘डिफ्युजर’लाई छुट्याएको छ भने ‘सिल्भर रुफ रेल’ले यसको ‘प्रिमियमनेस’लाई अझ बढाइदिएको छ । ‘फ्रन्ट विंग्स’मा राखिएको ‘एलएन्डके’ ब्याज उत्कृष्ट पेन्टिङ जस्तै देखिन्छ ।
कम्फोर्ट र कन्भिनियन्स
कोडियाकको सबैभन्दा विलासी भर्सन ‘एलएन्डके’मा धेरै ‘इनोभेटिभ’ फिचरहरु पाइन्छ । जुन अरु धेरैमा पाइँदैन । बडीको विभिन्न स्थानमा राखिएका चार वटा ‘वाइड एंगल’ क्यामेरामार्फत ३६० डिग्री ‘सराउन्ड एरिया भ्यु’ देखिन्छ ।
त्यसैगरी, ‘ह्यान्डफ्रि पार्किङ’ले पार्किङलाई आरामदायी बनाइदिन्छ । यसको मद्दतले ‘प्यारेरली’ वा ‘पर्पेन्डिकुलरी’ पार्क गरिराखेको गाडीको भीडमा पार्किङ गर्ने उत्तम ठाउँ पत्ता लगाउन सक्नु हुन्छ र यसले पार्किङमा असिस्ट पनि गर्छ ।
‘सिम्प्ली क्लेभर’ फिचर
स्कोडा कोडियाकमा रहेका रहेका साना अनि ठूला सुविधाले यात्रालाई आनन्ददायी बनाइदिन्छ ।
‘डोर एज प्रोटेक्सन’ एउटा उदाहरण हो । जब कारको ढोका खोलिन्छ तब अटोमेटिकल्ली एउटा ‘प्रोटेक्सन शिल्ड’ निस्कन्छ । जसले ढोकाको मेटललाई भित्ता वा अन्य कारमा डाइरेक्टली ठोकिनबाट बचाउँछ । जब ढोका बन्द गरिन्छ तब यो शिल्ड आफैं भित्र जान्छ । त्यसैगरी, अगाडि रहेको ‘प्रोएक्टिभ इलेमेन्ट’ले फ्रन्ट बम्परमा स्क्र्याच हुनबाट बचाउँछ ।
कोडियाक एल एन्ड के ‘सिम्प्ली क्लेभर’ ‘पावर न्याप प्याकेज’ले लामो यात्राका क्रममा पछाडिका पेसेन्जरलाई आनन्दले सुत्न सहयोग गर्छ । यसमा टाउकोको पोजिसनलाई सपोर्ट गर्ने ‘हेड रेस्ट’ र दुई वटा ब्ल्यांकेटहरु पनि उपलब्ध छन् ।
कोडियाक ‘एलएन्डके’मा ‘डिजिटल भ्वाइस इन्ह्यान्समेन्ट’ फिचर छ । यो प्रविधिले ककपिटमा रहेको माइक्रोफोनको सहयोगमा अगाडि र पछाडिका यात्रीहरुबीच सहज संवाद गर्न सहयोग गर्छ ।
‘पावरफुल पर्फर्मेन्स‘
स्कोडा कोडियाक ‘एलएन्डके’को सुन्दरतालाई यसको आकर्षक पर्फर्मेन्सले साथ दिएको छ । २.० टीडीआई (अल ह्विल ड्राइभ र अटोमेटिक) डिजेल इन्जिनले ११० किलोवाट (१५०पीएस) उर्जा र ३४० एनएम टर्क उत्पन्न गर्छ ।
इलेक्ट्रोनिक कन्ट्रोलसहितको अल ह्विल ड्राइभ सिस्टमले ‘ट्रयाक्सन, स्टाबिलिटी र सेफ्टी’लाई बेजोड बनाइदिन्छ । यसमा इलेक्ट्रिकल्ली कन्ट्रोल हुने ‘मल्टिप्लेट क्लच’समेत रहेको छ । जसले कोडियाकको अफरोड क्षमतालाई बढाइदिन्छ ।