सामसुङको ग्यालेक्सी अन्तर्गत ए ५० तथा ए ३० बजारमा | नयाँ पुस्ताको इन्फिनिटि–यू डिस्प्ले, चाँडै चार्ज हुने , अल्ट्रा वाइड क्यामरा लगायतका विशेषता
काठमाडौं । सामसुङले हालै आफ्नो ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । आफ्नो नवीनतम आविष्कार अन्तर्गत कम्पनीले नयाँ सुविधा एवं विशेषताहरु सहित पहिलो पटक अल्ट्रा–वाइड एङ्गल क्यामरा (भिडियो), चाडै चार्ज हुने प्रविधि तथा इन्फिनिटि–यु डिस्प्ले आदि विशेषता ए ५० तथा ए ३० स्मार्टफोन बजारमा ल्याएको छ ।
नयाँ ग्यालेक्सी ए स्मार्टफोनले आजका युवाहरुका आवश्यकतालाई पूरा गर्दै आएको छ । आजका युवापुस्ता स्मार्टफोनमा धेरै समय बिताउने गर्दछन् । एक तत्थ्यांक अनुसार औसत ग्राहकले प्रतिहप्ता १५८ मिनेट सामाजिक सञ्जालमा विताउँछन् र २०६ मिनेट गेमहरु खेल्न बिताउने गर्दछन् ।
‘सामसुङ सदैव अर्थपूर्ण आविष्कारका लागि निरन्तर उत्साहित छ । हाम्रो सबैभन्दा नयाँ स्मार्टफोन ग्यालेक्सी ए लोकप्रिय एवं एक्सन फोनका रुपमा रहने छ ।’ आईएम बिजका प्रमुख प्रणय रत्न स्थापितले बताए । यो विशेष गरी युवा पुस्ताको लागि निर्माण गरिएको छ । ग्यालेक्सी एमा अल्ट्रा–वाइड, स्लोमो र हाइपर लिफ मोडहरु विद्यमान रहेका छन् । यी विशेषताहरुले वास्तविक रुपमा नै रियल टाइममा कन्टेन्टहरुको विकास तथा सेयरिङ्ग गर्न सकिन्छ ।
ग्यालेक्सी ए ५०
ग्यालेक्सी ए ५० ग्यालेक्सी ए ब्राण्डको नवीनतम् स्मार्टफोन हो । यसमा कम्पनीले अतुलनीय सुविधाहरु समावेश गरेको छ । यस स्मार्टफोनमा तीनवटा रियर क्यामरा विद्यमान छन् । नयाँ जमानाको इन्फिनिटि–यु डिस्प्ले तथा शक्तिशाली व्याट्रि राखिएको छ ।
निरन्तर उत्कृष्ट दृश्य अनुभव प्रदान गर्न ग्यालेक्सी ए ५० स्मार्टफोनमा ६.४ इन्च एफएचडीं नयाँ जमानाको इन्फिनिटि–यु डिस्प्ले तथा सामसङको आफ्नै सुपर एमोलिड रहेको छ । यस सेटले ९१.६ प्रशितको स्क्रीन वडी अनुपात प्रदान गर्दछ ।
ग्यालेक्सी ए ५० मा विद्यमान रहेको रियर क्यामरा ८ मेगापिक्सलको अल्ट्रावाइड लेन्स जसले १२३ डिग्रीको दृश्यलाई कैद गर्न सकिन्छ । यस सुविधाले हाम्रो आँखाले जस्तो दृश्य देख्छ । त्यस्तै फोटो खिच्न सकिन्छ । अझ यस सुविधाले विना रुकावट वाइड एङ्गल फोटो खिच्न सकिन्छ । ग्यालेक्सी ए ५० फोनको क्यामराले अल्ट्रा वाइड मोडमा भिडियो पनि खिच्न सकिन्छ । २५ मेगा पिक्सल युक्त मुख्य क्यामराको लेन्स रहेको छ । जसले कम उज्यालोको अवस्थामा पनि स्पष्ट फोटो खिच्न सकिन्छ ।
ग्यालेक्सी ए ५० मा इन्टेलिजेन्ट सेन्स अप्टिमाइजर जस्तो विशेषता रहेको छ, जसले विषयवस्तु अनुसार रंग, कन्ट्रास्ट तथा ब्राइटनेस मिलाइदिन्छ र फोटोको गुणस्तरलाई तत्काल अनुकूल गर्दछ । यसमा अनस्क्रिन फिङ्गरप्रिन्ट अनलकिङ सुविधा रहेको छ, यसबाट सहज तरिकाबाटै मोबाइललाई अनलग गर्न सकिन्छ ।
सामसुङ ग्यालेक्सी ए ५० मा ४००० एमएएच व्याट्री रहेको छ । यसमा १५ वाटको फास्ट चार्जिङ प्रविधि तथा छिटो डाटा स्थानान्तरणको यूएसबी टाइप सी रहेको छ । सामसुङ ग्यालेक्सी ए ५० नीलो तथा कालो गरी २ वटा रंगमा उपलब्ध रहेको छ ।
ग्यालेक्सी ए ३०
ग्यालेक्सी ए ३०मा अतुलनीय सुविधाहरु समावेश गरिएको छ । यस स्मार्टफोनमा दुई वटा क्यामरा अल्ट्रा वाइड एङ्गल लेन्स सहित १६ एमपी (F1.7) एमपी (F2.2), रहेको छ ।
सामसुङ ग्यालेक्सी ए ३०मा ४००० एमएएचको व्याट्री रहेको छ, यसमा यसमा १५ वाटको फास्ट चार्जिङ प्रविधि तथा एज–टु–एज ६.४ इन्चको डिस्प्ले रहेको छ, जसले प्रयोगकर्तालाई भिडियो, गेम, मल्टिटास्किङ्ग तथा वेवसाइट चलाउँदा प्रभावशाली अनुभव प्रदान गर्ने छ ।
ग्यालेक्सी ए ३०मा विकसित फिङ्गगर प्रिन्ट सेन्सर राखिएको छ । यो सेट रातो, नीलो तथा कालो रंगमा बजारमा उपलब्ध रहेको छ ।
मूल्य तथा उपलब्धता
सामसुङ ग्यालेक्सी ए ५० को बजार मूल्य ३३ हजार ४ सय ९० रुपैयाँ तथा ग्यालेक्सी ए ३० को बजार मूल्य २८ हजार ४ सय ९० रुपैयाँ रहेको छ । यी दुबै सेट चैत्र महिनाको २ गते बाट बजारमा उपलब्ध छन् ।