एसियन लाइफ इन्योरेन्सको ६० प्रतिशत हकप्रद शेयर चैत २५ बाट, पूँजी २ अर्ब रुपैयाँ नाघ्ने |
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले चैत २५ गतेदेखि हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो ।
हकप्रद बैशाख २९ गतेसम्म भर्न पाइनेछ । कम्पनीले ७५ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो । कम्पनीको अहिले चुक्ता पूँजी १ अर्ब २५ करोड रुपैयाँ छ । शेयर जारीपछि चुक्ता पूँजी २ अर्ब नाघ्ने छ ।
कम्पनीको दसौं बार्षिक साधारणसभाले चार प्रतिशत बोनस शेयर वितरणपछि कायम पूँजीमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । त्यसै अनुसार कम्पनीले हकप्रद जारी गर्न लागेको हो ।