देव विकाश बैंक र अजोड इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता |

काठमाडौं । देव विकास बैंक र अजोड ईन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच बैंकमार्फत बीमा सेवा उपलब्ध गराउने उद्देष्यले उक्त सम्झौता भएको हो ।
सम्झौता पत्रमा देव विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठ र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका हुन ।
इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्सले दिएको छ ।