नेप्सेमा थपियो दुई कम्पनीका साढे ६ करोड आईपीओ |

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा शिवम् सिमेन्टस् लिमिटेड र यूनिभर्सल पावर कम्पनीको ६ करोड ५० लाख ३ हजार ५०० कित्ता साधारण शेयर (आईपीओ) सूचिकृत भएको छ । ती दुई कम्पनीका उक्त परिमाणका आईपीओ नेप्सेले हिजो मंगलवार सूचिकृत गरेको हो ।
सूचिकरण भएकोमध्ये शिवम् सिमेन्टको ४ करोड ४० लाख कित्ता र यूनिभर्सल पावरको २ करोड १० लाख ३ हजार ५०० कित्ता आईपीओ रहेको नेप्सेले जानकारी दिएको छ ।