नागरिकका लागि ३० हजार रोजगारी सृजना गर्दै युएई |

काठमाडौं । संयुक्त अरब इमिरेट्सले यस वर्ष आफ्ना नागरिकका लागि निजीक्षेत्रमा ३० हजार रोजगारी सृजना गर्ने मानव संशाधन मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले गत वर्ष सन् २०१८ मा इमिरेटी नागरिकका लागि २० हजार २ सय २५ रोजगारी सृजना गरेको बताएको छ ।
यो संख्या अघिल्लो वर्ष सन् २०१७ को तुलनामा ६ हजार ८६२ ले बढी हो । मन्त्री नासेर बिन थानी अल हाम्लीले सन् २०३१ सम्ममा युएईमा व्यापक परिवर्तन देख्न पाइने बताए । उनले सरकारको नयाँ योजनाबाट श्रम बजारमा व्यापक प्रभाव पर्ने एवं आफ्ना नागरिकका लागि रोजगारीको नयाँ अवसरहरु प्राप्त हुने जानकारी दिए । (एजेन्सीबाट)