गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा २१ गते, बोनस र हकप्रद पारित गर्ने |

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको आगामी चैत २१ गते नवौँ वार्षिक साधारणसभा बस्ने भएको छ । सभाले आर्थिक वर्ष २०७३∕ ७४ को नाफाबाट शेयरधनीलाई सञ्चालक समितिले दिने भनेको ८ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव पारित गर्दैछ । कम्पनीले बोनस शेयरको कर प्रयोजनका लागि २५ लाख एक हजार ५३ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ । बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख रुपैयाँ पुग्ने छ ।
साधारणसभामा जाने प्रयोजनको लागि आगामी चैत ६ गतेदेखि २१ गतेसम्म १६ दिन बुक क्लोज गर्दै छ ।