बुध्द एयरले भित्र्यायो १२ औं एटीआर जहाज, आन्तरिक तथा वाह्य उडान वृद्धि गरिने |

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक बुध्द एयरले आफ्नो १२ औं जहाज एटीआर ७२–५०० भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीद्वारा निर्मित जहाज भित्र्याएको हो । जहाज लिन बुध्द एयरबाट गत साता प्राविधिक टोलि फ्रान्स गएको थियो ।
नाइन एन एएमवाई कलसाइन रहेको जहाज हिजो बेलुकी ८ː३० बजे त्रिभुवन अन्तररास्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो । कम्पनीसँग थपिएको जहाजसहित ७ वटा एटीआर ७२–५०० तीनवटा एटीआर ४२–३२० र दुईवटा बीचक्राफ्ट १९०० डी रहेको छ ।
नयाँ जहाजको रंगरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महिनाबाट उडान भर्नेछ । थपिएको जहाजले नियमिति मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पुर्याउने छ ।
बुध्द एयर आगामी आगामी जेठ १३ बाट एटीआर ७२–५०० बाट भारतको कोलकोता पनि उडान भर्नेछ । भारतीय तथा नेपाली यात्रुको लागि हवाईटिकटसहित विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजको पनि व्यवस्था गरेको छ ।