यामाहाको ‘ह्याप्पी न्यु यामाहा’ अफर |

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘ह्याप्पी न्यु यामाहा’ नाम रहेको यो योजनामा यामाहाका सात सय जना ग्राहकले सुनको सिक्का जित्ने मौका पाउने छन् । साथै, हरेक खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्ड पाउने छन् । जसमा उनीहरुले एक लाख रुपैयाँसम्म नगद छुट पाउन सक्नेछन् ।
‘नयाँ वर्षको योजनाले नयाँ वर्षको उल्लास लाई झन् बढाउने आशा हामीले गरेका छौं । यो योजनामा ग्राहकले नगद छुट र सुनको सिक्का जित्ने मौका पाउनु हुनेछ । यो डबल बोनान्जा अफर हो,’ एमएडब्लु इन्टरप्राइजेज, यामाहा डिभिजनका सीइओ चिरञ्जीवी शाहले भने, ‘हामी हाम्रा ग्राहकलाई विश्वस्त पार्न चाहन्छौं कि यो यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने सबैभन्दा उत्तम समय हो ।’
नयाँ वर्ष योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लकी ड्र गरिनेछ । जसको विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्न सक्नेछन् । यामाहाले नयाँ वर्ष अफरमा सात सय जना आफ्ना भाग्यशाली ग्राहकलाई सुनको सिक्का दिनेछ ।
यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ । जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ । यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।