प्रभु बैंकका एकैसाथ दुई शाखा कार्यालय सञ्चालनमा |
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा पुर्याउने अभियान जारी राखेको छ । यसै क्रममा बैंकले झापा जिल्लाको चन्द्रगढी नगरपालिका– ७ र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–७ मा एकैसाथ दुई शाखा कार्यालयको उद्घाटन गरेको छ ।
चन्द्रगढी नगरपालिका– ७ स्थित चन्द्रगढी शाखा कार्यालयको सोही जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र उर्लाबारी नगरपालिका–७, उर्लाबारी शाखा कार्यालयको सोही नगरपालिकाका नगर प्रमुख खड्ग फागोले आज सोमवार उद्घाटन गरेका हुन् ।

चन्द्रगढी शाखा कार्यालय र उर्लाबारी शाखा कार्यालय उद्घाटनका अवसरका सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो ।
