ग्यालेक्सी एस१० नेपाली बजारमा, ५१२ जीबीको बजार मूल्य १ लाख ५४ | नौवटा बैंकबाट फाइनान्सको समेत व्यवस्था
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी एस१० स्मार्ट फोनका साथै एस सिरिजका विभिन्न चार मोडलका फोनहरू नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी एस१० हरेक दृष्टिबाट उत्कृष्ट भएको कम्पनीले दाबी गरेको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एस१०को डिस्प्ले, क्यामरा, कार्यक्षमताले गर्दा उक्त फोन उत्कृष्ट रहेको हो । कम्पनीले उक्त फोनका लागि मार्च १ देखि मार्च १४ सम्म प्रि बुकिङको व्यवस्था मिलाएको थियो । प्रि बुकिङको अवधिभर नेपाली बजारमा यसको उल्लेखनीय माग भएको थियो । अब ग्राहकहरुले नेपाली बजारमा सहजै यो फोन खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।
सामसुङ मोबाइल डिभिजन नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने, ‘१० वर्षअघि सामसुङले जब ग्यालेक्सी एस सिरिज बजारमा ल्यायो, त्यसपछि एस सिरिज नवीन आविष्कारका साथ ग्राहकहरूलाई अभूतपूर्व क्षमता प्रदान गरी पहिचान स्थापिन गर्न सफल भयो ।’
ग्यालेक्सी एस१०ं ५१२ जीबीको बजार मूल्य १ लाख ५४ हजार ५ सय तोकिएको छ । त्यस्तै, ग्यालेक्सी एस१०ं १२८ जीबीको मूल्य १ लाख २३ हजार ५ सय र ग्यालेक्सी एस१०को उपभोक्ता मूल्य १ लाख १० हजार ९ सय तोकिएको छ । त्यस्तै, ग्यालेक्सी एस१०ईको उपभोक्ता मूल्य ९३ हजार ९ सय तोकिएको छ ।
ग्यालेक्सी एस१० प्रिज्म ह्वाइट, प्रिज्म व्ल्याक, र प्रिज्म ब्लू गरी ३ रङमा उपलब्ध छ भने ग्यालेक्सी एस१०ं प्रिमियम सेरामिक ब्ल्याक, प्रिज्म ब्ल्याक र प्रिज्म ब्लूमा उपलब्ध छ । ग्यालेक्सी एस१०ई प्रिज्म ब्ल्याकमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।
साथै, यो मोबाइल खरिद गर्न चाहने ग्राहकका लागि ग्लोबल आईएमई बैंक, नबिल बैंक, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, कुमारी बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक तथा हुलास इन्भेष्टमेन्टबाट फाइनान्सको व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ । यो मोबाइलमा एक वर्षसम्मको ब्रेकेज बीमाको व्यवस्थासमेत मिलाइएको छ ।