हुण्डाई एक्सचेन्ज योजना हिजोदेखि शुरू, स्पट एक्सचेन्जदेखि लोयल्टी बोनससम्मको अफर |
काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई एक्सचेन्ज कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले हिजो बिहीवारदेखि यही चैत ५ गतेसम्म बिहान १० देखि साँझ ६ बजेसम्म हुण्डाई एक्सचेन्ज क्रार्यक्रम सञ्चालन गरेको हो ।
उक्त कार्यक्रममा एक्सचेन्जका साथै स्पट एक्सचेन्ज र इजी फाइनान्स र इन्स्योरेन्स, त्यसैगरी क्यास डिस्काउन्ट र लोयल्टी बोनस १५ हजार रुपैयाँबराबरको दिइएको कम्पनीले बताएको छ ।
कम्पनीले ४ वर्षको फ्रि सर्भिस, ३ वर्षको वारेन्टी पनि दिएको छ । यी बाहेक एक्स्चेन्ज अवधिभर हुण्डाई अल न्यू स्यान्ट्रोसँग कुनै पनि गाडीको एक्स्चेन्जमा विशेष अफरका साथै हुण्डाई अल न्यू स्यान्ट्रो प्रत्येक टेष्ट ड्राइभमा आकर्षक हुण्डाई उपहारहरू प्रदान गरिने कम्पनीले बताएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रूपेश शर्मा भट्टले ग्राहकहरूलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको र देश व्यापी यो कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने बताए ।