टोयोटाको ‘रस टु मुस्ताङ’ यात्रा |
काठमाडौं । टोयोटाद्धारा ६ दिन लामो ‘रस टु मुस्ताङ्ग’ नामक यात्रा गरेको छ । टोयोटाले आफ्नो नयाँ एसयूभीको प्रदर्शन हरेक प्रकारको सडकमा शानदार रहेको जानकारी दएको छ । टोयोटाले ७ वटा रस एसयूभी बाट ६ दिन लामो मुस्ताङ्ग यात्रा गरेको थियो ।
फरक प्रकारका भौगोलिक अवस्थिति, धरातल र सडकहरु पार गर्दै मुस्ताङ्गसम्मको यात्रा पुरा गरियको उक्त यात्रा फाल्गुण २० देखि काठमाडौबाट शुरु भई फाल्गुण २६ गते पोखरामा समापन भएको हो ।
टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक विक्रेता युनाइटेड ट्रेड सिण्डिकेटका सदस्य र विभिन्न मिडियाकर्मीहरुको संयुक्त सहभागितामा यो यात्रा सफलतापुर्वक सम्पन्न भएको थियो ।