ओपो र एरिक्सनबीच प्याटेन्ट अनुमतिका लागि सम्झौता, फाइभजी बिस्तारमा सहयोग पुग्ने |

ओपो र एरिक्सनबीच बहुबार्षिक वैश्विक प्याटेन्ट अनुमतिका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ । यो सहमतिमा प्याटेन्ट लाईसेन्सिङ र विभिन्न न्यवसायिक योजनाका लागि साझेदारीका लागि सम्झौता समेटिएको कम्पनीले जानकारी दिएको छ ।
सहमतिले फाइभजी यूगमा दूई कम्पनी विच सहकार्यका लागि बलियो जग बसाउन सघाव पुग्ने ओपो ईन्टेलेक्चुअल प्रपर्टी विभागका प्रमुख एड्लर फेङले बताए । ‘ओपोले बौद्धिक सम्पत्तिको अधिकारलाई सधैँ नै पहिलो प्राथमिकताको विषयका रुपमा लिने गरेको छ, हामी उत्पादन र सेवामा अत्याधुनिक नवप्रबर्तनार्थ एरिक्सनसंग सहकार्यका लागि निकै उत्साहित छौँ’ एड्लरले भने ।
‘वैश्विक रुपमै सुचना तथा सञ्चार प्रविधि (आईसीटी) जगतमा एरिक्सन एक अग्रणी उत्पादक तथा सेवा प्रदायक हो । निकै महत्वपूर्ण यस सम्झौताले हाम्रो प्याटेन्ट पोर्टफोलियोको मान राख्दै एरिक्सन फ्राण्ड लाईसेन्सिङ प्रोग्रामको महत्वलाई थप प्रष्टरुपमा मान्यता प्रदान गरेको छ’, एरिक्सनका चिफ ईन्टेलेक्चुअल प्रपर्टी अफिसर गुस्ताव ब्रिसमार्कले भने,‘ हाल सम्म एरिक्सनले १ सय भन्दा बढी प्याटेन्ट अनुमति सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको छ । ओपो संग पारस्परिक लाभकारी यस सम्झौतामा हस्ताक्षर गर्दा हामी निकै उत्साहित छौँ ।’
प्याटेन्ट फस्र्ट रणनीति अवलम्बन गर्दै ओपोले प्याटेन्ट र रिजर्भ सञ्चितीलाई विशेष महत्व दिने गरेको छ । सन् २०१९को जेनअरी सम्ममा ओपोले वैश्विकरुपमा ३३ हजार प्याटेन्ट एप्लिकेशन्सका लागि निवेदन दर्ता गरिसकेको छ । त्यसैगरी कम्पनीको अधिनमा ८ हजार भन्दा बढी ग्राण्टेड प्याटेन्ट रहेका छन् । एरिक्सनसंग गरिएको यो सहमति क्वालकम, डल्बी र नोकिया लगायत प्रमुख दूरसञ्चार ९टेलिकम्युनिकेशन० उद्योगका पार्टनर्ससंग गरिएका प्याटेन्ट अनुमति सम्झौता मध्यकै नयाँ हो ।