१५ हजार अवैध डलरसहित एक जना पक्राउ |

काठमाडौं । प्रहरीले हिजो शुक्रवार दिउँसो १५ हजार अवैध अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ । अन्तरराष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएको महानगरीय प्रहरी प्रहरी टोलीले अन्तरराष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियामा आई यात्रुहरूबाट अमेरिकन डलर अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा काठमाडौं महानगरपालिका–१६ घर भई ललितपुर महालक्ष्मी नगरपालिका– १७, इमाडोल बस्ने तिमोथी नकर्मीलाई उक्त परिमाणको डलरसहित पक्राउ गरेको हो ।
उनलाई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।