गण्डकी मेडिकल कलेजका सीईओ पक्राउ परे, अध्यक्ष फरार |

काठमाडौं । विद्यार्थीसँग अवैध तरिकाले रकम असुल गरेको आरोपमा प्रहरीले पोखरास्थित गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरेको छ ।
आफूहरुसँग अवैध तरिकाले रकम असुले भन्दै १८ जना विद्यार्थीले उजुरी दिएपछि प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।
कलेजका अध्यक्ष खुमा अर्यालसहित १० जनाविरूद्ध बुधबार कास्की प्रहरीले पक्राउ पूर्जी जारी गरेको भए पनि अर्याल भने फरार रहेको र अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।