नेपाल इन्भेष्टमेण्ट बैंकको १०औं एक्स्टेन्सन काउण्टर काठमाडौं युनिभर्सिटीमा |
ललितपुर । नेपाल इन्भेष्टमेण्ट बैंकले ललितपुरको हात्तीवनस्थित काठमाडौं युनिभर्सिटीमा आफ्नो दशौं एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, केयूका प्रमुख कार्यकारी अधिकृत मुकुन्दप्रसाद उपाध्याय, केयूका डीन प्राडा महेशनाथ पराजुली तथा स्कूल अफ आर्टस्का डीन प्राडा सागरराज शर्माले संयुक्त रूपमा गरेका छन् ।
काउण्टरले केयू हात्तीवनको रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नेछ । एजुकेशन र आर्टस् विषयमा पीएचडीसम्मको पढाइ हुने केयूमा ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विगत १२ वर्षदेखि बनेपास्थित काठमाडौं युनिभर्सिटीसँगको नातालाई अझै फराकिलो पार्ने उद्देश्यले बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताएको छ ।