आईएमई लाइफको सञ्चालकमा पोख्रेल नियुक्त |
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको सदस्यमा संस्थापक शेयरधनी दीपक शर्मा पोख्रेल नियुक्त भएका छन् । एक्रश मनी ट्रान्सफर लिमिटेडको तर्फबाट प्रतिनिधित्व गराउनका लागि उनलाई नियुक्त गरिएको कम्पनीले बताएको छ ।
यसअघि उक्त कम्पनीको प्रतिनिधित्व ईश्वरकुमार कार्कीले गर्दै आएका थिए । शर्माको नियुक्तिपछि सञ्चालक ईश्वरकुमार कार्कीलाई बिदाइसमेत गरिएको छ ।