भारतको गुडगाउँ (गुरुग्राम) विश्वकै सबैभन्दा प्रदूषित शहर, काठमाडौं एक सयौं स्थानमा |
विश्वका दश प्रदुषित शहरहरुको सुचिमा भारतका मात्रै ७ वटा शहर परेका छन् । भर्खरै मात्र जारि एक प्रतिबेदनका अनुसार विगतमा प्रदुषित शहरहरुको यो सुचिमा चीन रहेकोमा अहिले त्यसको स्थान भारतले ओगटेको हो ।
भारतको राजधानी नयाँ दिल्ली नजिकको गुडगाँउ नामको शहर विश्वकै प्रदुषित सहरको पहिलो स्थानमा परेको छ । ग्रिनपिस एण्ड एयरभिजुअलका अनुसार उक्त शहरको औषत बायु गुणस्तर १३५.८ पीएच छ । यो भनेको अमेरिकाको वातावरण संरक्षण एजेन्सीले कायम गरेको प्रदुषित शहरको मापनमा तीन गुणाले बढी हो ।
त्यस्तै भारतको राजधानी दिल्लीसँगै रहेको गाजियाबाद, फरिदाबाद, नोएडा र भिवान्डी पनि विश्वका सबैभन्दा बढी ६ प्रदूषित शहरभित्र परेका छन् ।
यतिमात्र होइन विश्वका ३० सबैभन्दा बढी प्रदुषित शहरको कुरा गर्ने हो भने पनि २२ वटा शहर त भारतका मात्रै छन् । यस्तै पाँच शहर चीनका, पाकिस्तानका दुई शहर र बंगलादेशको एक शहर यो सूचीमा परेका छन् ।
प्रतिबेदनमा प्रदुषित शहरकै कारण बर्षेनी लाखौं मानिसले अकालमा ज्यान गुमाउने गर्छन । प्रदुषणकै कारण आउँदो बर्ष बिश्वभर करिब ७० लाख मानिसहरुले अकालमा ज्यान गुमाउने प्रक्षेपण समेत गरिएको छ ।
प्रदुषणकै कारण बर्षेनी २२५ बिलियन अमेरिकी डलर श्रम, स्वास्थ्य र उपचारमा खर्च भएको ग्रिनपिस दक्षिण एसियाका एक्जुएटिभ निर्देशक एब सानोले बताए ।
विश्वका प्रदुषित शहरहरुको ३००० को सुचिमा अधिकांश शहर चीनका परेपनि चीनले गत बर्षको तुलनामा आफ्नो स्तर सुधार गर्दै लगेको प्रतिबेदनमा उल्लेख छ ।
त्यस्तै प्रदुषित शहरहरुको सुचिमा नेपालको राजधानी काठमाडौं १०० औं स्थानमा र बिरेन्द्रनगर २२१ औं स्थानमा परेको छ । सार्वजनिक प्रतिबेदनका अनुसार नेपालका शहरहरु दक्षिण एशियाका अन्य मुलुकहरुको शहरको तुलनामा केहि सफा देखिएका छन् । काठमाडौंको बायु गुणस्तर इन्डेक्स पीएम २.५ रहेको छ ।