पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक |
काठमाडौं । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर बनेको छ । उनको महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको चिकित्सिकहरुले बताएका छन् ।
पूर्वमन्त्री अधिकारीको तीन सातादेखि हृयाम्स अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी अधिकारीको स्वास्थ्य खस्किँदै गएको बताएको छ ।
‘वितेको २४ घन्टादेखि पिसाब भएको छैन । हाम्रो सम्पूर्ण प्रयासका बाबजुद उहाँलाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ र अहिले उहाँलाई सजिलो बनाउने उपचार गरिहेका छौं’ अस्पतालले भनेको छ ।
२०५१ सालमा जेष्ठ नागरिक सम्मान, आफ्नो गाउँ आफै बनाउ, गाउँ गाउँमा सहकारी घरघरमा रोजगारीजस्ता लोकप्रिय कार्यक्रम ल्याएर जनताको मन जितेका अधिकारी जीवनमरणको दोसाधमा छन् ।
दुई पटक उपप्रधानसहित चार पटक अर्थमन्त्री बनेका अधिकारीले २०६१ र २०६८ मा उपप्रधानमन्त्री तथा अर्थमन्त्री दुबैको कार्यभार सम्हालेका थिए । उनले २०५६ सालमा उनै अर्थमन्त्री थिए ।
अधिकारीको १५ दिनदेखि ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । बिहीबारदेखि अवस्था अझ गम्भिर बनेको हो । यसअघि अधिकारीलाई गत पुस २३ गते ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । ‘त्यतिबेला निमोनीया बिग्रिएको थियो । डाक्टरका अनुसार उहाँलाई करेन्ट निमुनीया (कुनै पनि औषधिले काम नगर्ने) लागेको हो ।