पाकिस्तानी नियन्त्रणमा रहेका भारतीय विमानचालक अभिनन्दन स्वदेश फिर्ता |

इस्लामावाद, पाकिस्तान । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय एयर फोर्सका पाइलट तथा विङ कमाण्डर अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीसमक्ष बुझाएको छ । पाकिस्तानी सेनाले गिरफ्तार गरेको करिब ६० घण्टापछि गतराति साढे ९ बजे भारतलाई बुझाएको हो ।
अभिनन्दनलाई पाकिस्तानी अधिकारीले पूर्वी पाकिस्तानको पूर्वी शहर लाहौर हुँदै वागाह सीमा क्षेत्रमा लगेर भारतीय अधिकारीलाई बुझाएको पाकिस्तानले बताएको छ ।
पाइलटलाई छोड्नुअघि पाकिस्तानको तर्फबाट पाइलटको भिडियो जारी गरिएको थियो । जसमा पाइलट अभिनन्दनले पाकिस्तानी सेनाको तारिफ गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई भारत फिर्ता गर्ने संसदमा घोषणा गरेका थिए ।
पाइलट अभिनन्दनले उडाएको भारतीय वायुसेनाको एक लडाकू विमान पाकिस्तान नियन्त्रित काश्मिरमा दुर्घटनाग्रस्त भएको थियो तर प्यारासुटको मद्दतबाट सुरक्षित रूपमा पाकिस्तानी भूमिमा अवतरण गरेका पाइलट अभिनन्दनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो । (एजेन्सी)