राष्ट्र बैंकभोलि झण्डै रू. १२ अर्बबराबरको ट्रेजरी बिल विक्री गर्दै |
काठमाडौं । वित्तीय संस्थाहरूको नियामकीय निकाय नेपाल राष्ट्र बैंकले भोलि आइतवार रू. ११ अर्ब ९० करोड ५० लाखबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोलबाट विक्री गर्ने जानकारी दिएको हो ।
केन्द्रीय बैंकले न्यूनतम ९१ दिनदेखि १८२ दिने अवधिका लागि उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो । यसअघि बैंकले यही फागुन १३ गते पनि रू. २ अर्ब २३ करोडबराबरको ९१ दिने ट्रेजरी बिल विक्री गरेको थियो ।