वेष्ट फाइनान्सको साधारणसभा, मर्जरमा जान दियो अख्तियारी |
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भयो । सभाले आव २०७४÷०७५ को सञ्चालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गगर्नुका साथै आव २०७५÷०७६ का लागि लेखापरीक्षकको नियुक्ति पनि गरेको छ ।
सभाले साविक सिनर्जी फाइनान्सका शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालकहरू क्रमशः कृष्णहरि श्रेष्ठ, सुरज क्षेत्री तथा बेबिजन तिमिल्सिनाको नियुक्तिलाई समेत अनुमोदन गरेको छ ।
सभाले संस्थाको सञ्चालक समितिलाई उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनमा जानका लागि समेत अख्तियारी प्रदान गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
साधारणसभामा शेयरधनी महानुभावहरूले राखेका प्रश्न एवम् जिज्ञासाहरूको जवाफ तथा जानकारी संस्थाका अध्यक्ष पदमराज न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले संयुक्त रूपमा दिएका थिए ।