जेबिल्स फाइनान्सका शेयरधनीले ३.५ प्रतिशत बोनस शेयर पाउने |
काठमाडौं । जेबिल्स फाइनान्सले लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमा फाइनान्सले ३.५७ प्रतिशत बोनस शेयर दिने भएको छ ।
उक्त बोनसको कर प्रयोजनकोलागि छुट्टै नगद लाभांश समेत दिने भएको छ । फाइनान्सले हकप्रद शेयर वितरणपछि कायम हुने चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँको ३.५७ प्रतिशत बोनस शेयर दिने भएको हो ।
घोषित लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । चुक्ता पुँजी वृद्धि गर्न फाइनान्सले गत वर्ष शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो ।
शतप्रतिशत हकप्रद शेयर वितरणपछि कायम पुँजी ५७ करोड ७९ लाखपछि फाइनान्सले थप ४० प्रतिशत हकप्रद वितरण गर्दै ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको हो ।