हेलिकोप्टर दुर्घटनामा परेका ५ जनाको आर्यघाटमा अन्त्येष्टि |
काठमाडौं । बुधबार ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएका ५ जनाको पशुपतिस्थित आर्यघाटमा एकसाथ अन्त्येष्टि गरिएको छ ।
दिवंगत नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर ध्रुव भोछिभोया, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन अधिकारीको पशुपतिमा सामूहिक अन्त्येष्टि गरिएको हो ।
दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गृहजिल्ला कास्कीमा अन्त्येष्टि हुँदैछ ।
यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा व्यवसायी आङछिरिङ शेर्पाको बौद्ध परम्परा अनुसार शनिबार अन्त्येष्टि गर्ने बताइएको छ ।