साल्ट ट्रेडिङ कर्पाेरेशनको साधारण सभा चैत्र ११ गते |
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वार्षिक साधारण सभा चैत्र ११ गते हुने भएको छ । जसको लागि बुक क्लोज फागुन २४ गतेदेखि चैत्र ११ गतेसम्म बन्द गर्ने भएको छ ।
सभामा चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने ३ करोड ७ लाख ८ हजार ३५० रुपैयाँको बोनस शेयर जारी गर्ने प्रस्ताव रहेको छ । त्यस्तै १० प्रतिशतका दरले १ करोड २२ लाख ८३ हजार ३४० रुपैयाँ नगद लाभांश दिने भएको छ ।
सभामा शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद ७ जनाको निर्वाचन गर्ने भएको छ ।