युनिलिभरको मुनाफा ११० प्रतिशतले बढ्यो |
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले दोस्रो त्रैमासमा मुनाफा ३२ करोड ७ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा १०९ दशमलव ६० प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १५ करोड ३० लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनिलिभरले जगेडाकोषमा १ अर्ब २६ करोड ७६ लाख रुपैयाँ राखेको छ । कम्पनीले विक्री १ अर्ब २४ करोड २३ लाख रुपैयाँ गरेको छ ।
कम्पनीको कुल आम्दानी २८ दशमलव ८४ प्रतिशतले बढेर १ अर्ब ३८ करोड ८६ लाख रुपैयाँ पुगेको छ । जसले खर्च १२ दशमलव ६६ प्रतिशतले बढेर १ अर्ब रुपैयाँ गरेको छ ।
युनिलिभर नेपाल लिमिटेडको दोस्रो त्रैमासमा प्रति शेयर आम्दानी ३४८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशमलव ९६ गुणा, प्रति शेयर नेटवर्थ २ हजार ७९ रुपैयाँ र तरलता अनुपातको १ दशमलब ४० प्रतिशत रहेको छ ।