पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी अचेत भए पछि भेन्टिलेटरमा राखियो |
काठमाडौं । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक अवस्थामा पुगेको छ । लामो समयदेखि थलिएको उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । अचेत भएपछि उनलाई भेन्टिलेटरमा राखिएको हो ।
पुस २३ देखि अस्वस्थ भएर शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना गरिएका अधिकारी लाई पछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल सारिएको थियो ।
अधिकारको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखिएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं ५ बाट निर्वाचित प्रदेशसभा सदस्य नारायण सिलवालले बताए । अस्पताल स्रोतका अनुसार अधिकारीको अचेत अवस्थामा उपचार भइरहेको छ ।
अधिकारीको अवस्था गम्भिर भएपछि सिक्किम र दुबईमा रहेका छोरीहरुलाई काठमाडौं झिकाइएको छ । अधिकारीको उपचारमा डा. भगवान कोइराला, अर्जुन कार्की लगायतका वरिष्ठ चिकित्सक संलग्न रहेको ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले बताए ।