यही फागुन २६ गतेदेखि स्पर्शको आईपीओ आउँदै | न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय ४० कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले २ लाख ५२ हजार कित्ता शेयर अर्थात् २ करोड ५२ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो ।
सो आईपीओका लागि आगामी २६ गतेदेखि आवेदन खुला हुने कम्पनीले बताएको छ । संस्थाको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय ४० कित्तासम्म आवेदन दिन पाइनेछ । संस्थाको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सानिमा क्यापिटल रहेको छ ।
क्यापिटलका अनुसार शेयर आवेदनका लागि फागुन २६ देखिछिटोमा २९ गतेभित्रै आवेदन दिनुपर्नेछ । यो संस्थाले प्रतिसाधारण शेयर १ सयका दरले २ लाख ६९ हजार ६३० कित्ता शेयरमध्ये ४ हजार १४८ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १३ हजार ४८२ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
पछिल्लो समय जलविद्युत् कम्पनीहरूको शेयरमा लगानीकर्ताहरूको आकर्षण कम हुँदै गए पनि वित्तीय संस्थाको शेयरमा भने आकर्षण बढ्दो रहेको छ । थोरै परिमाणमा सर्वसाधारणका लागि शेयर जारी हुने भए पनि लघुवित्तको शेयरमा ठूलो परिमाणमा आवेदन पर्ने गरेको छ । दोस्रो बजारमा समेत लघुवित्तको शेयर मूल्य उच्च रहने गरेको छ ।