नागबेली लघुवित्तको वार्षिक साधारण सभा चैत्र १५ गते, बुक क्लोज फागुन २९ देखि |
काठमाडौं, फागुन १४ । नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा चैत्र १५ गते हुने भएको छ ।
कम्पनीले फागुन १३ गते बसेको संचालक समितिको बैठकबाट नवौं वार्षिक साधारण सभा चैत्र १५ गते शुक्रबार बिहान साढे ११ बजे विर्तामोड नगरपालिका वडा नं ४ झापा अवस्थित आदर्श बैंकेटमा हुने भएको छ ।
जसको लागि फागुन २९ गतेदेखि चैत्र १५ गतेसम्म शेयर दाखिला खारेजी बन्द गरेको छ । कम्पनीको बोनस शेयर वितरण पश्चात कायम हुने पूँजीमा ४ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सभामा लाने तयारी रहेको छ ।