एभरेष्ट इन्स्योरेन्सको १४ लाख कित्ता सेयर सूचिकृत |
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको १४ लाख ३ हजार ३ सय २५ कित्ता हकप्रद शेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । हिजो मंगलवार कम्पनीको सो मात्राको शेयर नेप्सेमा थपिएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७६५ रुपैयाँ रहेको छ ।