काठमाडौं महानगरको १५ वटा पेट्रोल पम्प हटाउने तयारी |
काठमाडौं । ट्राफिक जाम बढाएको भन्दै काठमाडौं महानगरपालिकाले १५ वटा पेट्रोल पम्प हटाउने तयारी गरेको छ । नेपाल आयल निगमले पेट्रोल पम्प सञ्चालनका निम्ति नयाँ मापदण्ड ल्याएको अवस्थामा सडककै छेउमा प्रशस्त पार्किङ स्थान नभएको पेट्रोल पम्प हटाउन महानगरले प्रक्रिया शुरु गरेको हो ।
महानगरले हटाउने सूचीमा राख्दै प्रक्रिया शुरु गरेका पेट्रोल पम्पहरूमा कलंकीको बाबा, श्यामा र त्रिशूल पेट्रोलपम्प, सोल्टीमोडको सीता पेट्रोलपम्प, टेकुको कनक पेट्रोलपम्प, त्रिपुरेश्वरका जयन्ती र मायाराम भोलाराम, पेट्रोलपम्प रहेका छन् ।
त्यस्तै जडीबुटीको कामाख्या पेट्रोलपम्प, गैरीगाउँको भ्याली रिकेस पेट्रोलपम्प, जोरपाटीका जुबी र बराल पेट्रोलपम्प, दमकलचोकको एचपी इन्टरनेसनल इन्क, एकान्तकुनाको गायत्री पेट्रोलपम्प, महाराजगन्जको सीता पेट्रोल पम्प बालाजुको कोतधुकु पेट्रोल पम्पलाई तत्काल हटाउने तयारी भएको काठमाडौं महागरपालिकाले जानकारी दिएको छ ।