ठमेलमा प्रहरीलाई घूस दिने पक्राउ |

काठमाडौं । प्रहरीलाई घूस दिने १ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी वृत्त लैनचौरले प्रहरीलाई रू. ५ सय घूस दिने व्यक्तिलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका– २६, ठमेलमा शंकास्पद अवस्थामा हिँडिरहेका सिन्धुपाल्चोकका दोर्जे लामालाई चेक जाँच गर्ने क्रममा उनले उक्त परिमाणको घूस रकम प्रहरीलाई दिएका थिए । प्रहरीले तत्कालै उनलाई नियन्त्रणमा लिई घूस रकमसहित थप अनुसन्धान भइरहेको बताएको छ ।