महानायक राजेश हमालले गरे २ करोडको जग्गा दान |
काठमान्डौ । महानायक राजेश हमालले नवलपरासीस्थित आफ्नो पुख्र्यौली सम्पत्तिमध्ये २ करोड मूल्य बराबरको जग्गा घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई प्रदान गरेका छन् । तीन पुस्तादेखि घरेलु काममा सहयोग गर्नेहरुलाई उनले जग्गा प्रदान गरेका हुन् ।
तुल्सी बिकलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मनकुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेको वडाअध्यक्ष माधव केसीले जानकारी दिए । जग्गा प्रदान गर्न राजेश हमाल भाइ राकेशसहित नवलपरासीस्थित मालपोत कार्यालय पुगेका थिए ।
हमालले आफ्नो हजुरआमाको समय देखि कृषि तथा घरको काममा सहयोग गर्नेहरुलाई जग्गा प्रदान गरेका हुन । भाई राकेश हमाल र सहयोगी सहित पुगेका हमालले तुल्सी बिकलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेको वडाध्यक्ष माधव केसीले पुस्टि गरे । ६० वर्षअघिदेखि राजेश हमालकी हजुरआमाले ति परिवारलाई आफनो घरमा काम गर्न राखेकी थिइन । आफनो घरपरिवारको हेर्चाहमा संलग्न ती परिवारले हमालकै जग्गामा घर बनाएर आश्रय दिइएको थियो ।
‘पुर्खौदेखि सहयोग गर्दै आएका विपन्न परिवार घरबार बिहीन भएको थाहा पाएपछि उनीहरुको बसोबासका लागि जग्गा प्रदान गरेको हो’, राजेश हमालले भने । देवचुली नगरपालिका २ स्थित आफ्नो पुख्यौली थलोमा रहेका अति विपन्न परिवारलाई घरबासको लागि चार परिवारलाई आफनो नाममा रहेको जग्गा मालापेत कार्यालयवाट निːशुल्क पास गरिदिएका छन् । पुर्खौदेखि सहयोग गर्दै आएका विपन्न परिवार घरवार विहिन भएको थाहा पाएपछि आफुले उनीहरुको बसोबासको लागि जग्गा प्रदान गरेको महानायक हमालले बताए ।