शिवम् सिमेन्टको आइपीओ आजदेखि बन्द, माग भन्दा आवेदन बढि पर्यो |
काठमाडौं । शिवम् सिमेन्टको प्राथमिक शेयरमा माग अनुसार आवेदन परेसँगै आजदेखि विक्री बन्द हुने भएको छ । कम्पनीले निष्कासन गरेको प्राथिमक शेयरमा अहिलेसम्म मागभन्दा ११.५६ प्रतिशत बढी आवदेन परेको छ ।
कम्पनीका अनुसार अहिलेसम्म सर्वसाधारणतर्फ निष्कासन भएको शेयरका लागि ४८ हजार २०७ आवदेकबाट ४८ लाख ६० हजार २५० कित्ताको लागि आवदेन परेको छ । साथै प्रभावित क्षेत्रबाट ८१४ आवेदकले तीन लाख ८२ हजार २८० कित्ताको लागि आवदेन दिएका छन्।् ।
सर्वसाधारणतर्फ मागभन्दा १७.९७ प्रतिशत बढी आवदेन परेको छ भने प्रभावित क्षेत्रबाट ६५.९५ प्रतिशतको लागि मात्रै आवदेन परेको छ । सर्वसाधारण र प्रभावितसहित जम्मा निष्कासनका आधारमा भने माग भन्दा ११.५६ प्रतिशत बढि आवदेन परेको हो ।
कम्पनीले प्रभावित क्षेत्रमा नबिकेको शेयर सर्वसाधारणहरुलाई बाँडफाँड गर्ने योजना बनाएको छ । प्रभावित क्षेत्रमा दोस्रो पटक सार्वजनिक निष्काशन गरिएको हुँदा नबिकेको शेयर सर्वसाधारणले पाउने छन् ।
कम्पनीले फागुन ६ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता ३०० रुपैयाँको दरमा र प्रभावित क्षेत्रका लागि प्रति कित्ता २०० रुपैयाँको दरमा सार्वजनिक शेयर निष्कासन गरेको थियो ।
पहिलो चरणको निष्कासन फागुन ९ गतेसम्ममा माग बराबरको आवेदन नपरेपछि आजसम्म विक्री खुला गरेको थियो ।