एनआइसी एशिया ग्रोथ फण्डको खुद सम्पतिको मूल्य १० दशमलव ३६ प्रति इकाई |
काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्डको खुद सम्पतिको मुल्य पुस महिनाको अवधिभन्दा शुन्य दशमलव १३ प्रति इकाई घटेर १० दशमलव ३६ प्रति इकाई रहेको छ । अघिल्लो महिनामा १० दशमलव ४९ प्रति इकाई रहेको थियो ।
एनआईसी एशिया ग्रोथ फण्डले ४९ करोड ६३ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा ५० करोड ७१ लाख रुपैयाँ गरेको थियो । जसले शेयर लगानी घटाएको छ । यस कम्पनीको आम्दानी २५ प्रतिशतले घटेर २ करोड ७७ लाख रुपैयाँ रहेको छ । अघिल्लो महिनामा ३ करोड ६६ लाख रुपैयाँ कमाएकोे थियो । खर्च भने २० प्रतिशतले बढेर १ करोड २० लाख रुपैयाँ रहेको छ ।
सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी नेपाल बैंकको ७२ हजार २ सय कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ४९ हजार ३ सय ६५ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी कामना सेवा विकास बैंकको ६९ हजार ७७६ कित्ता र जीवन बीमा कम्पनीमा सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको २० हजार ४६ कित्ता, निर्जीवन बीमा कम्पनीमा प्रभु इन्स्योरेन्सको १७ हजार १५० कित्ता र लघुवित्त कम्पनीमा सबैभन्दा बढी निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १३ हजार ६२५ कित्ता रहेका छन् ।