सामाजिक सञ्जालमा टेलिकमको अचानक सूचना | आज बिहानैदेखि बिलिङ सिष्टम अपग्रेड जारी, मोबाइल सेवामा समस्या आउनसक्ने टेलिकमको भनाइ
काठमाडौं । नेपाल टेलिकमले आज मंगलवार विलिङ सिष्टम अपग्रेड गर्ने भएकाले मोबाइल सेवामा समस्या आउनसक्ने जानकारी दिएको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले विलिङ सिष्टम अपग्रेड गर्दा त्यस्तो समस्या आउन सक्ने बताएकी हुन् ।
उनले भनिन्, ‘आज बिहान ७ बजेदेखि बिलिङ सिष्टम अपग्रेडको काम शुरू भइसकेको र यो प्रक्रियामा सेवा अवरुद्द हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी हाम्रा ग्राहकलाई सामाजिक सञ्जालमार्फत सूचना दिएका हौं ।’
प्रवक्ता वैद्यका टेलिकमले अनुसार बिलिङ प्रणाली थप सवल बनाउनका लागि अपरेशन मेन्टिनेन्स (ओएमएन) अनुसार बिलिङ सिष्टम अपग्रेड गर्ने गरेको छ । उनले बिलिङ सिष्टम अपग्रेड गर्नका लागि अचानक सामाजिक सञ्जालमा सूचना जारी गरिएको पनि जानकारी दिइन् ।