ट्रम्पसँग वार्ता गर्न भियतनाम पुगे किम, ट्रम्प पनि आज पुग्दै |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो ऐतिहासिक शिखर वार्तामा सहभागी हुन उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम पुगेका छन्। पहिलो ऐतिहासिक शिखर वार्ता गत वर्ष सिङ्गापुरमा सम्पन्न भएको थियो ।
हरियो र पहेँलो रङको रेलबाट दोङदाङमा रेल्वे स्टेशनमा उत्रिएका हुन्। । रेलबाट ओर्लिएर किम कारमा चढेका छन् । सडक मार्गबाट नै किम भियतनामको राजधानी हनोई पुग्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
फेब्रअरी २७ र २८ मा हुने किम र ट्रम्पबीचको दोस्रो चरणको उच्चस्तरीय वार्ताका हनोईमा हुँदैछ । अमेरिकी राष्ट्रपति ट्रम्प पनि मंगलबार नै हनोई पुग्ने कार्यक्रम रहेको छ । बुधबार दुई नेताबीच वान टु वान वार्ता हुनेछ । बुधबार साँझ उनीहरुका सल्लाहकारसहितको रात्रिभोज हुनेछ ।
गत वर्षको जुनमा दुई नेताबीच सिंगापुरमा वार्ता भएको थियो । सो वार्तामा कोरियाली प्रायद्वीपलाई पूर्ण निːशस्त्रीकरण गर्ने र उत्तर कोरियामाथि लगाइएका प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको थियो ।
तर अमेरिकाले उत्तर कोरिया निːशस्त्रीकरणप्रति सकारात्मक नभएको बताउँदै आएको छ । उत्तरले भने आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा नगरेकोले निːशस्त्रीकरण प्रक्रिया अघि बढ्ने नसकेने बताउँदै आएको छ ।
एजेन्सीहरु