बाल्ट्राको स्मार्ट टेलिभिजनहरु नेपाली बजारमा |
काठमाडौं । ईलेक्ट्रोनिक उत्पादनहरुमा चिरपरिचित नाम बाल्ट्राले विभिन्न रेञ्जका बाल्ट्रा स्मार्ट फोरके यूएचडी टेलिभिजनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ । ५५ र ५० इन्चमा उपलब्ध यी टेलिभिजनहरुमा फोरके यूएचडी सिनेमा डिस्प्ले, अल्ट्रा स्ल्मि बडी, वाईड स्क्रिन, हाई रिजोलुसन, हाई क्लारिटी, मिरा स्क्रिन, एचडीउमआई आदि जस्ता सर्वोत्कृष्ट विशेषताहरु रहेका छन् ।
नेपाली बजारमा बाल्ट्राले ५५ र ५० इन्चका स्मार्ट फोरके यूएचडी टेलिभिजनका साथै ४० इन्चका विभिन्न एफएचडी स्मार्ट टेलिभिजनहरुको पनि विक्री–वितरण गर्दै आएको छ । नवीनतम प्रविधिहरुद्वारा उत्पादित बजेट सुहाउँदो बाल्ट्राका टेलिभिजनहरुमा उत्कृष्ट क्वालिटीका साथै २ वर्षको पूर्ण वारेण्टी रहेको छ ।
ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्दै आएको छ ।