ब्रोकरहरूले थप मागसहित सार्वजनिक गरे संघर्षका कार्यक्रम |

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रेवत बहादुर कार्कीप्रति आक्रोश पोख्दै आएका ब्रोकरहरूले पछिल्लो समय थप मागसहित संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । ब्रोकर एशोसिएशनले फागुन १० गते बोर्डमा बुझाइएको ज्ञापनपत्रसहित केही माग थप गरी उक्त माग पूरा गर्न संघर्षका कार्यक्रम गर्न लागेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
अध्यक्ष कार्कीले अर्थसमितिमा बोलेका विषयलाई लिएर केही दिनदेखि ब्रोकरहरू आक्रोशित हुँदै आइरहेका थिए । विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल धितोपत्र बोर्डका अध्यक्षले गर्नुपर्ने कामहरू समयमै नगरेर व्यवसायीमाथि अनावश्यक आरोपमा रमाउँदा सिङ्गै पूँजीबजार निराश बनेको छ ।’
कार्कीले ब्रोकरहरूलाई धितोपत्र दलाल व्यवसायीहरूको सुशासन तथा क्षमताप्रतिको टिप्पणी गर्नु साथै प्रतिस्पर्धी बन्न नसकेको भनेर आरोप लगाएको बताएका छन् । अध्यक्षको कार्यशैलीले आम लनीकर्ता तथा व्यवसायीहरू विश्वस्त हुन नसकेका कारण समग्र धितोपत्र बजार नै थप धराशयी हुने अवस्था आएको भन्दै ब्रोकरहरूले बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि गरिनुपर्ने कामहरू बोर्डसमक्ष प्रस्तुत गर्ने विज्ञप्तिमार्फत बताएका छन् ।